
उदयपुर, १० जेठ । त्रियुगा नगरपालिकामा मतदान भएको ११ दिनपछि मतगणना सुरु भएको छ ।
दलहरुले वडा नं. १२ मा पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगको निर्देशनअनुसार मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।
त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । त्यहाँ पुनः मतदानको माग गर्दै दलहरुले विवाद गरेपछि मतगणना हुन सकेको थिएन ।















प्रतिक्रिया