
काठमाडौँ, १० जेठ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ ।
शिक्षकलाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।
कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
विद्यार्थीहरुले कलेजमा तथा गौशालास्थित प्रहरी कार्यालयमा प्रदर्शनसमेत गरेका छन् ।















प्रतिक्रिया