५ कार्तिक २०८३, बिहिबार

कांग्रेस महामन्त्री शर्माको गृह वडा र नगरमा कांग्रेसलाई हराउँदै एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेसलाई पराजित गर्दै नेकपा (एमाले)ले आफ्नो पुरानो विरासत फर्काएको छ ।

एमालेका गोपालचन्द्र बुढाथोकी २६,४७८ मतसहित विजयी हँदा कांग्रेसका इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत ल्याए ।

त्यस्तै, शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भएको छ ।

वडामा कांग्रेसका उद्धव बानियाँलाई एमालेकी कन्चन तामाङले ३०१८ मतसहित पराजित गरिन् । बानियाँले १८५९ मत पाए ।

दमक र भद्रपुरबाहेकका नगरपालिकामा मात्रै पराजित बनेको एमालेले मेचीनगरमा पनि पुरानो विरासत फर्काएको छ ।

मेची नगरमा आफ्नो पुरानो विरासत फर्काएको एमालेले उपप्रमुखमा भने एमालेकी मीना उप्रेती पुनः दोहोरिएकी हुन् । उनले २१,५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२,८१८ मत पाए ।