
वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएका छन् ।
गठबन्धनका उम्मेदवार जसपाका सिंह ४६ हजार २१५ मत प्राप्त गर्दै भारी मतान्तरले विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे ।
उनीहरुबीच २२ हजार ५४४ मतको अन्तर छ ।
त्यस्तै, उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम कुल २५ हजार १५८ मतसहित विजयी भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे।















प्रतिक्रिया