२९ आश्विन २०८३, बिहिबार

हेर्दाहेर्दै जल्यो पसल…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaglagi-fire

गोलबजार (सिरहा), १७ जेठ । सिरहाको मिर्चैया नगरपालिकास्थित एक पसलमा विद्युत् सर्ट भएर शुक्रबारराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार मिर्चैया– ४ स्थित ‘शिव फुटवेयर साँप’ मा आगलागी हुँदा करिब नौ लाखको क्षति भएको हो ।

आगलागीबाट चप्पल, जुत्ता तथा इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ । “राति करिब ११ः३० बजे आगलागी सुरु हुँदा स्थानीयले फोन गरेर जानकारी गरायो”, प्रहरी निरीक्षक गौतमले भन्नुभयो, “त्यहाँ पुगेर करिब आधा घण्टाभित्रै स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिए ।”