५ कार्तिक २०८३, बिहिबार

रोल्याण्ड–गार्रोस र ओपोद्वारा प्रिमियम पार्टनरशीपलाई निरन्तरताको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । ‘नवप्रबर्तनको हाम्रो चाहनाका साझेदार, विश्वासिलो पार्टनर, ओपो सँगको यो सम्झौता नवीकरण गर्न पाउँदा एफएफटी निकै हािर्षत छ ।

‘अन्तर्राष्ट्रिय ब्राण्डसँगको यो साझेदारीले रोल्याण्ड गार्रोसको प्रभाव विश्वव्यापी स्तरमा पुर्याउने रणनीतिलाई थप बल मिलेको छ’, एफएफटीका अध्यक्ष, गिलिस मोरेटनले घोषणा गरे ।

प्यारिसियन ग्राण्ड स्ल्याम र ओपो बीचको यो सहकार्य नवप्रवर्तन तथा प्रविधि माथि केन्द्रित छ । रोल्याण्ड–गार्रोस र ओपो दुबै प्रयोगकर्तालाई इष्टतम अनुभव उपलब्ध गराउन आफूलाई निरन्तर परिस्कृत गरिरहने समान मूल्य, मान्यता र लक्ष्य बोकेका छन् ।

ओपोले भर्खरै आफ्नो नयाँ ब्राण्ड प्रस्ताव, ‘इन्स्पिरेशन अहेड’ सार्वजनिक गरेको छ । यो प्रस्ताव रोल्याण्ड–गार्रोसको नयाँ सिग्नेचर, ‘मूभ दि लाइन्स विथ स्टाइल’लाई प्रत्यक्षरुपमा थप सार्थकता र बल प्रदान गर्ने देखिन्छ ।

‘इन्स्पिरेशन अहेडको अर्थ भविष्यका यात्रामा शान्तिका साथै आत्मविश्वासका साथ अघि बढ्नु हो । यसले हामीलाई बाधा अड्चनसंग दृढताका साथ साहसी भई लड्न र र स्थिरता तोड्न उत्प्रेरित गर्दछ ।

प्रतिस्पर्धाहरुमा सहभागिता ओपोका लागि हाम्रा पारस्पर उत्प्रेरणादायी भावना आदान प्रदान गर्न तथा आफ्ना प्राविधिक नवप्रबर्तनात्मक अनुभव हाम्रा विश्वब्यापी प्रयोगकर्ताहरु माझ पस्कनका लागि धेरै लाभदायक छ’, ओपोको ग्लोबल मार्केटिङ्गका अध्यक्ष, विलियम ल्यूले भने “लगातार चौथौँ बर्षका लागि प्रिमियम पार्टनरका रुपमा ओपो, आफ्ना पृथक इमेजिङ्ग प्रविधि मार्फत टेनिस कोर्टमा अवलोकन, दृष्य कैद गर्न र सहभागिता जनाउँदै नयाँ प्रेरणादायी कार्यहरु गर्न चाहन्छ ।’

सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्क मातहत (१६ मेँ देखि ५ जुन सम्म) मा ओपोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिविलिटीको सदुपयोग गर्दै “आरजी ह ओपो फोटो ग्यालरी”, विशेषतः ओपोको नयाँ फ्ल्यागशिप उपकरण : फाइन्ड एक्स फाइभ प्रो मार्फत कैद गरिएका तस्विरको डिजिटल प्रदर्शणी सार्वजनिक गर्नेछ । यसले फाइन्ड एक्सफाइभ प्रोको अदृतिय इमेजिंग क्षमता उजागर गर्नेछ । यी तस्विरहरु रोल्यान्ड गार्राेस प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्नका लागि स्टेडियममा आउने दर्शकहरुले पनि प्रत्यक्ष हेर्न पाउन् भन्ने सोचका साथ टुर्नामेन्ट स्थलमा पनि प्रदर्शित गरिनेछ ।

यो बर्षपनि ओपोले “शट अफ दि डे” अर्थात्, हरेक दिनको बेष्ट शट वा र्यालीको एक भिडियोका लागि सहकार्य गर्नेछ । यो भिडियो टुर्नामेन्टका विभिन्न डिजिटल प्ल्याटफर्महरुका माध्यमबाट पोष्ट गरिनेछ ।