६ कार्तिक २०८३, शुक्रबार

पोखरा महानगरको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरूङको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३५१ मतगणना भएको छ ।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७८६ मत प्राप्त गरेका छन् । परिणाम अनुसार आचार्य थापाभन्दा ४ हजार ८९२ मतले अगाडि छन् ।

यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । उनले ५६ हजार ९६६ मत पाएकी छिन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९५९ मत पाएकी छिन् । हालसम्म उपमेयरका उम्मेदवारबीच ४ हजार ७ मतको मतान्तर छ ।