
काठमाडौं, १० जेठ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको सम्पन्न मतगणनामा काँग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडा सदस्यमा पनि काँग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।
काँग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।















प्रतिक्रिया