मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ताप्लेजुङकमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

दैनिक नेपाल २०७९ जेठ ९ गते १४:२४

सांकेतिक तस्वीर

फुङ्लिङ, ९ जेठ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए ।

बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित