६ कार्तिक २०८३, शुक्रबार

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अपराध महाशाखा पुगिन् अर्की युवती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । एउटा सुन्दरी प्रतियोगिताकी उपबिजेताले ८ बर्षअघि त्यसका आयोजक मनोज पाण्डेले यौन शोषण गरेको भिडिओ सार्वजनिक गरेपछि कारबाहीको मागसहित आन्दोलन चर्किरहेका बेला अर्की युवती पनि प्रहरीकहाँ पुगेकी छन्।

महानगरीय अपराध महाशाखा बानेश्वरमा अर्की युवतीले आफू पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरीलाई जानकारी गराएको स्रोतले जनाएको छ।

पाण्डेलाई मानव बेचबिखन तथा बन्धक अभियोगमा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको प्रहरीकहाँ आइतबार पुगेकी युवतीले आफू पनि यौन शोषणको शिकार भएको बताएकी थिइन्।