६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ अपडेटः ९३ हजार ६४७ मत गन्दा कसको कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् । ९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । केशवसँग बालेनको १५ हजार ५८३ मतान्तर छ । यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ४२९ मत पाएकी छन् । सिर्जना र केशवबीचको अन्तर भने मात्र ११८ छ ।