६ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुको विजयनगरमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ७ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका गोपालबहादुर थापाले जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवलाई ५ हजार ४ मतान्तरले पराजित गरेका छन् ।

थापाले ५ हजार ८३८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी यादवले ५ हजार ३४३ मत ल्याएका थिए । त्यस्तै, उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी चौधरी विजयी भएकी छन् । उनले ४ हजार ९३० मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत ल्याएकी थिइन् ।