
काठमाडौँ, ७ जेठ । पोखरा महानगरपालिकामा जारी मतगणनाको पछिल्लो अध्यावधिक परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
८१ हजार ७५४ गणना हुँदा मेयरमा गठबन्धनबाट धनराज आचार्य (एकीकृत समाजवादी) ले ३३,१०० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २९ हजार ६५८ मत पाएका छन्। मेयरमा गठबन्धन र एमालेका उम्मेदवारबीच ३ हजार ४४२ मतको अन्तर छ।
मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले ३ हजार ५९५ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले २ हजार २७२ मत ल्याएका छन्।















प्रतिक्रिया