
चितवन, ६ जेठ । चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार साँझ आएको हुरीका कारण भएको घटनाबाट ३ जनाको मृत्यु भएको जनाएको छ ।
यद्यपि मृतहरुको पहिचान खुलेको छैन ।
भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा थप एक जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
त्यस्तै आजै साँझ नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए ।
चितवनसहित देशका विभिन्न स्थानमा हावाहुरी आएको छ ।















प्रतिक्रिया