
काठमाडौं, ६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा एमालेले सानदार जीत हासिल गरेको छ ।
सत्ता गठबन्धनलाई सहज पराजित गर्दै एमालेका विनोद साहले मेयरमा र उपमेयरमा रौशन परविन निर्वाचित भएका छन् ।
साहले २२ हजार ९६ मतसहित विजयी हुँदा कांग्रेसका राजेश रायले १६ हजार ८७६ मत पाएका छन् ।
साह यसअघि १८४ मतले उनै रायसँग पराजित भएका थिए ।
त्यस्तै, उपमेयरमा परविन १७ हजार ३३५ मतसहित विजयी हुँदा जनता समाजवादीका पूर्व सांसद समेत रहेका प्रमोद गुप्ताले १६ हजार ७७० मत पाए ।















प्रतिक्रिया