६ कार्तिक २०८३, शुक्रबार

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामा दर्ज्यानी चिन्हद्वारा सुशोभित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई बधाइ दिँदै आगामी दिनमा उहाँको व्यक्तिगत, पारिवारिक एवम् व्यावसायिक जीवनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

व्यावसायिकता र उत्कृष्टता मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो । सो अवधिमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामाले आफू सेवाको उत्तरार्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलीभूत एवम् संगठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।