६ कार्तिक २०८३, शुक्रबार

भारतमा दुई हजार २५९ कोरोना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ६ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ । यस समयमा भारतमा ७७५ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना सङ्क्रमण निको भएको छ ।–रासस