६ कार्तिक २०८३, शुक्रबार

मतपेटिका लुट्ने फरार आरोपित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । प्रहरीले रौतहटमा मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।

बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।