६ कार्तिक २०८३, शुक्रबार

विराटनगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीको विजय निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ जेठ । विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीको करिब जीत सुनिश्चित बनेको छ ।

कार्कीले निकै फराकिलो मतान्तर २१ हजार ३८३ सहित अग्रता कायम गरिरहेकी छन् ।

उपमेयरमा गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १ सय ४ मत मात्र पाएका छन् ।

बिराटनगर महानगरपालिकामा अव १४ हजार ३ सय ३७ मत मात्र गन्न बाँकी छ । कार्कीको अहिलेकै मतान्तर ९ हजार २ सय ७९ रहेको छ । त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा ६ हजार १४८ मतसहित अग्रस्थानमा छन् ।

अहिलेसम्ममा विराटनगरमा खसेको ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २४ हजार ५ सय ६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४ सय १५ मत खसेको छ ।

उपमेयरमा कार्कीको मतान्तर निकै फराकिलो भएकाले जीत सुनिश्चित जस्तै बनेको छ ।