
विराटनगर, ६ जेठ । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्। नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार राई १६ हजार ४ सय २२ मतसहित विजयी भएका हुन्।
राईले कांग्रेसका उम्मेदवार महेन्द्रप्रसाद सुवेदीलाई ८०२ मतको फरकमा पराजित गरेका हुन्। कांग्रेसका उम्मेदवार सुवेदीले १५ हजार ६ सय २० मत पाएका छन्।
त्यसैगरी, उपमेयरमा कांग्रेसकी उम्मेदवार नितु थापा १३ हजार ७३१ मतले विजयी भएकी छन्। थापाले एमालेकी तीलकुमारी न्यौपानेलाई १२६ मतले पराजित गरिन्। न्यौपाने १३ हजार ६०५ मत प्राप्त गरिन्।















प्रतिक्रिया