काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. ४ को अध्यक्षमा नेकपा एमालेका दिनेश महर्जनसहित प्यानल निर्वाचित भएका छन् ।
महर्जन ४६०४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामप्रसाद न्यौपनेले २२८९ मत पाएका छन् ।
त्यस्तै, महिला सदस्य, दलित सदस्य तथा खुला सदस्यहरुसहित एमालेले प्यानल नै विजयी भएको निर्वाचन अधिकृतले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस