
-प्रतिक पौडेल
रुपन्देही, ५ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यहाँ एमालेका मन्जित कुमार यादवले ४ हजार ८ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तिलक सिंह कोइरालाले ३ हजार १ सय २९ मत प्राप्त गरेका छन् ।
को हुन् मन्जित ?
मन्जित यादव (सोनु), एक उर्जाशिल युवा । ओमसतिया गाउँपालिकाको लागि यो नयाँ नाम होइन् । उमेरले भ्रखर ३६ बर्ष पुगेका मन्जित २०४३ साल भदौ १० गतेका दिन ओमसतिया गाउँपालिका वडा नं ४ साविकको बसन्तपुर गाविसमा जन्मिएका हुन् ।
बुवा मात्रिक यादव र आमा रिता देवी यादवको कोख बाट जन्मिएका मन्जितको परिवार बसन्तपुर गाउँको एउटा सम्मानित परिवार हो । राजनितिक रुपमा सवल यस परिवारको ज्येष्ठ सदस्य अर्थता मन्जितका हजुवुवा स्व दशरथ प्रसाद यादव पंचायतकालमा बसन्तपुर गाविसको प्रधानपंच ५ पटक भए ।
पछि उनका बावु मात्रिका प्रसाद यादवले पहिलो पटक बसन्तपुर गाविसमा नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानपंचको लागी चुनावमा होमिए तर पराजित भए ।
हजुरबुवा दशरथ र वुवा मात्रिकाको प्रेरणा बाट मन्जित ब्यवसाय सँगै राजनितीमा पनि सक्रिय भए । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा जनता समाजवादी पार्टी बाट ओमसतिया गाउँपालिकाको प्रमुखमा उम्मेद्वारी दिए । निर्वाचनमा झिनो मतान्तरले पराजित हुदै दोस्रो भए ।
त्यसपछि ओमसतिया गाउँपालिकाको राजनितीमा मन्जितको प्रभाव झन बढ्दै गयो र अहिले आएर नेकपा एमाले बाट ओमसतिया गाउँपालिकाको प्रमुखमा लोकप्रिय मतका साथ भएका छन् ।
कस्तो व्यक्ति हुन् त मन्जित ?
मन्जित बोली–व्यवहारमा जति सहज छन्, उत्तिकै दानी पनि । जातजाति, धर्म–संस्कृतिबाट माथि उठेर उनी सबै समाज सेवा तल्लिन छन् । उनले धेरै धार्मिक तथा शैक्षिक संस्थामा सहयोग गरेका छन् । सार्वजनिक संस्था, स्वास्थ्य क्षेत्र देखि गरिबदुखी र निमुखालाई सहयोग गर्दै आएका छन् । यसैले त उनलाई धेरेले दानबीर पनि भन्ने गर्छन् ।
मन्जितले राजनिती भनेको सेवा हो भने हेतुले बसन्तपुरमा आफ्नै लगानीमा स्वास्थ उपचारको लागी अस्पताल संचालन गरेका छन् भने आफ्नै हजुरवुवाको नाममा रहेको बिद्यालय श्री दशरथ माध्यमिक बिद्यालयलाई जग्गा दान समेत गरेका छन् ।
कलिलै उमेर देखि ओमसतियामा रहेर राजनीतिक गर्दै आएका मन्जित सफल व्यवसायी समेत हुन् । उनले पेट्रोल पम्प र मोटरसाइकल शोरुमसँगै कृषि पनि गर्दै आएका छन् । गरिव होस् या धनी । सानो होस् वा ठुलो । सबैलाई समता ब्यवहार गर्ने मन्जित कुमार यादव (सोनु) भद्र र शालिन छन् ।
बर्खायाममा आउने बाढि र डुवान होस् अथवा कोरोनाका बेला जोखिमको प्रभाव नगरी घर–घरमा पुगेर गरिव र असहायलाई आफ्नै तर्फबाट राहत बितरण गरेका थिए मन्जितले । अन्य बेला विद्यालय, मठमन्दिर निमाणर्मा उनले आर्थिक सहयोगदेखि जग्गा दान समेत गरेका छन् ।
के गर्न चाहान्छन् मन्जित ओमसतियामा ?
मन्जित ओमसतियाको परिवर्तन चाहान्छन् । दक्षिणमा सिद्धार्थनगर र उत्तरमा तिलोत्तमा जस्ता बिकसित नगरहरु सँग जोडिएर पनि पछि परेको ओमसतिया गाउँपालिकाको समृद्धीको खाका बनाएर अघि बढेका छन् मन्जित ।
मन्जित जनताका आधारभुत आवश्यकता स्वास्थ, शिक्षा, सडक, खानेपानी, कृषि, उद्योग, पर्यटनलाई सबैभन्दा बढि प्रथामिकतामा राखेर अघि बढ्ने उद्देश्य लिएका छन् ।
ओमसतियालाई भ्रष्टचार मुक्त गाउँपालिकाको रुपमा अघि बढाएर सुसासन कायम गर्ने प्रण मन्जितले गरेका छन् । मन्जितले ओमसतियालाई शिक्षित र स्वस्थ पालिकाको रुपमा रुपान्तरण गर्न चहान्छन् । मन्जित भन्छन् “शिक्षित र स्वस्थ ओमसतिया बनाउनु मेरो प्रमुख उद्देश्य ।”















प्रतिक्रिया