६ कार्तिक २०८३, शुक्रबार

धरान उपमहानगरको मेयरमा लौरो अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गले अग्रता कायम गरेका छन् । हालसम्म २९ हजार ४६६ मतगणना गर्दा हर्कको चुनाव चिह्न लौरोले गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका किशोर राईभन्दा १४७ मत बढी ल्याएको छ ।

पछिल्लो मत परिणाम अनुसार साम्पाङ्गले ८ हजार ५०९ मत ल्याउँदा कांग्रेसका राईले ८ हजार ३६२ मत मात्रै ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले तेस्रो स्थानमा छ । एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८५८ मत ल्याएकी छन् ।