
चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् ।
नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्त गरेकी छ्न । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् ।















प्रतिक्रिया