
काठमाडौँ, ५ जेठ । पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले जितेको छ । नगरप्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई पराजित गरेका छन् ।
एमालेका चौहानले पाँच हजार ५५४ मत ल्याएर निर्वाचित हुँदा पोखरियाका निवर्तमान मेयरसमेत रहेका कांग्रेसका रौनियारले तीन हजार १२१ मत ल्याएर पराजित भए । एमालेका रौनियार संविधानसभा सदस्यसमेत हुन् ।
उप्रमुखमा एमालेकी रुवी ठाकुरले पाँच हजार १९५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रेहाना खातुन तीन हजार ९२९ मतमा सीमित भइन् । १० वडा रहेको पोखरियामा वडातर्फ भने कांग्रेसले बहुमत ल्याएको छ । कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडा जितेका छन् ।















प्रतिक्रिया