
काभ्रे, ५ जेठ । बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शान्तीरत्न शाक्य विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारलाई १ हजार ९ सय ५८ मतान्तरले पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् ।
कांग्रेसका शाक्यले १३ हजार ७ सय ९३ र एमालेका रत्नकुशले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् । कांग्रेसका राम राज जोशीले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा एमालेकी विमला सापकोटा दाहाल विजयी भएकी छन् । गठबन्धनतर्फका उम्मेदवार एकीकृत समाजवादीका रघुवर प्रधानलाई १ हजार ४ सय ७७ मतले पछि पार्दै सापकोटा विजयी भएकी हुन् । सापकोटाले ११ हजार ९ सय ९२ र प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरे ।















प्रतिक्रिया