
काठमाडौँ, ४ जेठ । नेकपा एमालेले बाराको निजगढ नगरपालिकाको मेयर र उपमेयर जितेको छ। एमाले उम्मेदवार सुरथ पुरी मेयर निर्वाचित भएका छन्। उनले ९४७५ मत ल्याएका छन्। उनले कांग्रेसका सुरेशकुमार खनाललाई हराए। खनालले ८७४३ मत ल्याएका थिए।
यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार विजयी भएका छन्। सोममाया थिङ उपमेयर जितेकी हुन्। उनले ८६५९ मत ल्याएकी छन्। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार रविराज दंगाल पराजित भए। उनले ८५१८ मत ल्याएका थिए।















प्रतिक्रिया