
काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको लौरोले दवदवा बनाइरहँदा धरान उपमहानगरपालिकामा पनि लौरो अघि बढेको छ ।
सुरुदेखि नै अग्रता कायम गरेका कांग्रेसका मेयर उम्मेदवार किशोर राईलाई रोकेर स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ८१४० मतसहित अघि बढेका छन् ।
रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् ।
हर्क साङपाङको लौरोले धरानमा अधिकांश एमाले र कांग्रेसको मत लिएको छ ।















प्रतिक्रिया