६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री र मन्त्रीहरु खुलेआम भ्रष्टाचारमा संलग्न भएः माओवादी नेता गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, जेठ ४ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री र मन्त्रीहरू खुलेआम भ्रष्टाचारमा संलग्न रहेको बताएका छन् ।

वुधबार बसेको संसद बैठकमा सम्बोधन गर्दै सांसद गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न रहेको दावी गरेका छन् ।

‘म एउटा कुरा स्मरण गर्न चाहन्छु । हिजो म सिंहदरबार गएँ । त्यहाँ लेखिएको छ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने टाँसिएको छ’ गजुरेलले भने, ‘खुलेआम भ्रष्टाचार भइरहेको छ । सरकारका प्रधानमन्त्री, मन्त्रीहरू खुलेआम भ्रष्टाचार गरिरहेका छन् । तथ्यहरु आइरहेका छन् । अब त्यहाँ मजाक छ । साइनबोर्ड टाँसिएका छन् ।’

नेता गजुरेलले भ्रष्टाचार गरेर बस्ने प्रधानमन्त्री र मन्त्रीहरूलाई कठालामा समाउन सक्ने कि नसक्ने भनी प्रश्न पनि गर्नुभयो । ‘अब यो कसरी हेरेर बस्ने ? सबै हामी टुलुटुलु हेरेर बस्ने ? भ्रष्टाचार गर्ने प्रधानमन्त्रीलाई, मन्त्रीलाई हामी कठघरामा समातेर ल्याउन सक्छौं कि सक्दैनौं ?’ उनको प्रश्न थियो ।