
गोरखा, ४ जेठ । गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि गणना स्थगित भएको हो ।
मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृतले यसबारेमा उम्मेद्वारहरुसँग छलफल गरिरहेका छन् ।
जिल्लाका कतिपय मतदान अधिकृतहरुले यो पटक सुरक्षण सिल पहिलेको भन्दा अलि कमजोर रहेको बताएका छन् ।















प्रतिक्रिया