२९ आश्विन २०८३, बिहिबार

डलरसहित चिनियाँ नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar

चौतारा, १७ जेठ । अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ ।

काठमाडौँबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज लामाले बताउनुभयो ।

चिनियाँ नागरिकलाई अमेरिकी डलरसहित आन्तरिक राजस्व विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।