
काठमाडौं, २ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी भएका छन् ।
सुवेदी ३ हजार ८३६ मतसहित दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाए ।
त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ ३ हजार ९७८ सहित विजयी भएकी छन् ।
यश गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेल थियो ।















प्रतिक्रिया