६ कार्तिक २०८३, शुक्रबार

स्थानीय निर्वाचनः कांग्रेसले एक हजार ५० वडा जित्दा एमालेले जित्यो ८२० वडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । हालसम्म मुलुकभरका ६ हजार सात सय ४३ वडामध्ये २ हजार ८ सय ५४ वडाको अन्तिम परिणाम आइसकेको छ ।

जसमा पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वडा अध्यक्षमा विजय हासिल गर्दै अग्रस्थानमा रहेको छ ।

त्यस्तै, कांग्रेसले ८८ वडामा अग्रता कायम गरिरहेको छ ।

यसैगरी, नेकपा एमाले ८ सय २० वडामा विजयी भइ दोस्रो स्थानमा रहेको छ भने उसको ९५ वडामा अग्रता कायम छ ।

नेकपा (माओवादी केन्द्र)ले ४ सय ५६ वडा अध्यक्ष जितेको छ भने ३९ वडामा अग्रता लिएको छ ।

अन्य दल र स्वतन्त्रबाट एक सय ७७ वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनीहरुको ४३ वडामा अग्रता कायम रहेको छ ।