६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा तीन गुणा बढी मतान्तरले सुनिताको लिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तरले अग्रता जारी राखेकी छन् ।

ताजा विवरणअनुसार उनले ६३४६ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७८४ मत र राप्रपाकी बिनिता मगैयाले १३४५ मत ल्याएका छन् ।

त्यस्तै, मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७०८९ ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३७४६ ल्याएका छन् । त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी छन् ।