
चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १ सय ४४ मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार सात सय ५३ मत प्राप्त गर्नु भएको छ ।















प्रतिक्रिया