६ कार्तिक २०८३, शुक्रबार

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ जेठ । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ ।

पालिका उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरेले दुई हजार ६३९ र नेकपा एमालेकी उम्मेदवार रणिता तामाङले एक हजार ८३८ मत पाउनुभएको छ । हालसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भएकामा दुईमा नेपाली काङ्ग्रेस, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार बिजयी हुनुभएको हो ।

वडा नम्वर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नं २ सङ्खुमा नेकपा एमालेका रोहन लामा, वडा नं ३ दलचोकीमा तिलक बोम्जन र वडा नम्वर ४ नल्लुमा तीर्थ घलान बिजयी हुनुभएको छ । हाल वडा नं ५ भारदेउमा मतगणना जारी छ ।–रासस