
काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले ६८८६ मतसहित अग्रता लिइरहेका छन् ।
त्यस्तै, नेकपा (एमाले)का केशव स्थापितले ३५६२ ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत प्राप्त गरेकी छन् ।
बालेनले ३३२४ मतले अग्रता लिइरहेका छन् ।
त्यस्तै, उपमेयरमा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले ५८९६ मतसहित अग्रता कायम गरेकी छन् ।
नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६३२ मत ल्याएका छन् भने राप्रपाकी बिनिता मगैयाले १२४९ मत प्राप्त गरेकी छन् ।
हाल सुनिताले ४२६४ मतसहित लिड गरिरहेकी छन् ।















प्रतिक्रिया