६ कार्तिक २०८३, शुक्रबार

पोखरामा प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। हालसम्म १०४९३ मत गणना हुँदा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४१९१ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।

यस्तै एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले ३८३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका शंकर खरालले ५४६ मत ल्याएका छन्। यसैगरी उपप्रमुखमा एमालेकी उम्मेदवार मन्जु गुरुङले ४३८४ मत प्राप्त गरेकी छिन्।