
काठमाडौं, २ जेठ । धनकुटाको चौविसे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
अध्यक्षका उम्मेदवार राजकुमार लिम्बू पाँच हजार ३८ मतसहित निर्वाचित भएका छन् ।
उनले गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै, उपाध्यक्षमा एमालेकी टंकमाया मगरले चार हजार ९८३ मत पाएर विजयी भएकी छन् । उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरेकी हुन् ।
गाउँपालिकाका आठ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ४, ५ र ८ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १, ६, र ७ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।















प्रतिक्रिया