६ कार्तिक २०८३, शुक्रबार

भैरवी गाउँपालिकामा काङ्ग्रेसका उम्मेदवार विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २ जेठ । दैलेखको भैरवी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पालिका अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर जित हासिल गरेकी हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३ हजार ३७४ मतका साथ जित हासिल गरेकी छिन् ।

एमालेबाट उम्मेदवार बनेका सर्वराज महताराले ३ हजार ९६० र पदमकुमारी बिष्टले ३ हजार २२७ मत पाएका छन् । विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।