
काठमाडौँ, १ जेठ । सोमबार विहानदेखि काठमाडौं महानगरको मतगणना ७ ठाउँबाट हुने भएको छ ।
मतगणना ढिलो भइरहेको र जटिल प्रक्रिया भएको भन्दै ७ ठाउँबाट मगणना गर्न लागिएको निर्वाचन अधिकृत राजकुमार खतिवडाले जनाएका छन् ।
आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।
आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । मतगणना निकै सुस्त भएपछि आलोचना भइरहेको छ ।















प्रतिक्रिया