
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा (एमाले) विजयी बनेको छ ।
भर्खरै सकिएको मतगणनाअनुसार ६२२ मत प्राप्त गर्दै एमालेका भरतलाल श्रेष्ठले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जीत निकालेका छन् ।
उनका प्रतिद्वन्दी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।
वडा नं. १ मा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनले ७८३ सहित सर्वाधिक मत पाएका छन् ।
त्यस्तै, एमालेका केशव स्थापितले ३६४ र कांग्रेसकी सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।















प्रतिक्रिया