६ कार्तिक २०८३, शुक्रबार

टोखा नगरपालिकामा एमालेले खाता खोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ ।

टोखा नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

भर्खरै प्राप्त मतपरिणामअनुसार श्रेष्ठले १ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका माइला डंगोलले ९८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, टोखा १ कांग्रेसका विमल लामिछानेले जितेका छन् भने टोखा ३ मा एमालेका रमेश डंगोल जितको नजिक छन् । त्यस्तै, टोखा ४ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।