६ कार्तिक २०८३, शुक्रबार

गोरखाको २० वडाको नतिजा आयो, कहाँ कस्को नेतृत्व ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ जेठ । गोरखामा मतगणनाको दोस्रोदिनको बिहानसम्म २० वटा वडाको अन्तिम नतिजा आएको छ । जसमध्य माओवादी केन्द्रले १० वटा वडा जितेको छ । कांग्रेसले आठवटा, एमालेले दुईवटा र जसपाले एउटा वडामा जित हात पारेको छ ।

माओवादी केन्द्रले पालुंटार नगरपालिका वडा नं. १०, अजीरकोट गाउँपालिका वडा नं. १ र २, धार्चे गाउँपालिकाको वडा नं. १ र २, चुमनुब्री गाउँपालिकाको वडा नं। ६, भीमसेन थापा गाउँपालिका १, सहिदलखन गाउँपालिकाका वडा नं। २ र गण्डकी गाउँपालिका १ मा जित हात पारेको छ ।

निर्वाचन कार्यालयका अनुसार पालुङटार १० मा ऋषिराज धौराली, अजीरकोट १ मा मनोज गुरुङ, २ मा कृष्णबहादुर गुरुङ र ३ मा बाबुराम अधिकारी, धार्चे १ मा रामसिँह गुरुङ, २ मा सरोज गुरुङ विजयी भएका हुन् । त्यस्तै चुमनुब्री ६ मा सरोज लामा, भीमसेन १ मा विकास श्रेष्ठ, सहिदलखन २ मा सकुन थापा र गण्डकी १ मा तोपमान गुरुङ वडाअध्यक्ष भएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिका वडा नं. १ र २, सिरानचोक १, बारपाक सुलीकोट १ र ३, आरुघाट गाउँपालिका १, २, ३ मा जित हात पारेको हो ।

गोरखा नगरपालिका १ मा हिक्मतजंग कुँबर, २ मा रहमतुल्ला मिया, सिरानचोक १ मा मनिता गुरुङ वडा अध्यक्ष भएका छन् । त्यस्तै बारपाक सुलीकोट १ मा धनबहादुर घले, ३ मा बलबहादुर गुरुङ, आरुघाट १ मा गजे घले(सानु), २ मा रमेशकुमार लामिछाने, ३ मा टेकबहादुर अधिकारी वडाअध्यक्ष बनेका छन् ।

एमालेले गोरखा नगरपालिका ३ र शहीदलखन गाउँपालिका १ मा जीत हात पारेको हो । गोरखा नगरपालिका ३ मा चुलबहादुर कुँबर(सानुकाजी) र सहिद लखन १ मा प्रेम गुरुङ वडाअध्यक्ष  बनेका हुन् ।

पालुंटार नगरपालिका १ मा जसपाका कृष्णबहादुर परियार वडाअध्यक्षमा विजयी भएका छन् ।