६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरको पछिल्लो अपडेट के छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको पछिल्लो जानकारीअनुसार स्वतन्त्र उम्मेदवार शाहको एक हजार पाँच सय ७५ मत आएको छ । एमालेका उम्मेदवार केशव स्थापित नौ सय ८५ मतसहित बालेनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले आठ सय २५ मत ल्याएकी छन् भने राप्रपाको एक सय ९१ मत आएको छ । सुरुवातदेखि नै अग्रता लिएका बालेन स्थापितभन्दा पाँच सय ९० मतले अगाडि छन् । अहिले काठमाडौं महानगरपालिका वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।