६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको उपमेयरमा सुनिता डंगोलको पपुलर मत, फराकिलो अन्तरले अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले पपुलर मत पाएकी छन् ।

शनिबारदेखि जारी मतगणनाको ताजा विवरणअनुसार डंगालले ९२० मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २४६ मत मात्रै पाएका छन् ।

हालको ताजा विवरणअनुसार महानगरका ५ वटा वडाहरु वडा नं. ३२, १, २, ३ र ४ को मतगणना भइरहेको छ । जसमा वडा नं. ३२ मा ७००, १ मा ७१०, २ मा ४८०, ३ मा २०० र ४ मा २०० मतगणना भएका छन् ।

जसमध्ये साहले ७६८ मत ल्याएका छन् । त्यस्तै, एमालेका केशव स्थापितले ५५० मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४२१ मत ल्याएकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले १०५ ल्याउँमा विवकेशील साझा पार्टीक समिक्षा बास्कोटाले १६ मत ल्याएकी छन् ।