६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरको ताजा विवरण, बालेनको अग्रता कायमै (मतसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

हालको ताजा विवरणअनुसार महानगरका ५ वटा वडाहरु वडा नं. ३२, १, २, ३ र ४ को मतगणना भइरहेको छ । जसमा वडा नं. ३२ मा ७००, १ मा ७१०, २ मा ४८०, ३ मा २०० र ४ मा २०० मतगणना भएका छन् ।

जसमध्ये साहले ७६८ मत ल्याएका छन् । त्यस्तै, एमालेका केशव स्थापितले ५५० मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४२१ मत ल्याएकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले १०५ ल्याउँमा विवकेशील साझा पार्टीकी समिक्षा बास्कोटाले १६ मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ९२० मतसहित फराकिलो अन्तर कायम गरेकी छन् । त्यस्तै, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २४६ मत ल्याएका छन् ।