
काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र बनेका उम्मेदवार बालेन साहको पक्षमा उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।
महानगरको मतगणना भइरहेको स्थान राष्ट्रिय सभागृह अगाडि अहिले उनका समर्थकहरुले ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन् ।
बालेनको पक्षमा देखिएको मतगणनाको प्रारम्भिक परिणामले उत्साहित बनेका उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका हुन् ।
हालसम्मको परिणाममा बालेन अघि देखिएका छन् ।















प्रतिक्रिया