
काठमाडौँ, ३१ वैशाख । मनाङका चारवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जसअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई–दुई गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् भने नासो गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, नेकपा (एमाले)बाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् भने मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै, चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक–एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै मनाङ ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।















प्रतिक्रिया