६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा कसले गरायो विस्फोट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ३० वैशाख । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट हुँदा एक जना महिला घाइते भएकी छन् ।

शुक्रबार मतदान अन्तिम चरणमा हुँदै गर्दा अपरान्ह ४ बजे विस्फोट भएको थियो ।

विस्फोटपछि पाण्डेयको घरमा क्षति पुग्नुका साथै पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि भैरहवामा लगिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।